भोजपुर पूर्ण खोपयुक्त जिल्ला घाेषणा


 


निरोज कोइराला
भोजपुर, पुस २२

दुर्गम पहाडी जिल्ला भोजपुरलाई पुर्ण खोप शुनिश्चितता भएको जिल्ला घोषणा गरिएको छ । स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ्गले भोजपुर जिल्लालाई पूर्ण खोप सुनिश्चितता भएको १९ औ जिल्लाकारुपमा शुक्रवार भोजपुरको स्थानिय टुँडिखेलमा आयोजित कार्यक्रममा घोषणा गरेका हुन ।

राष्ट्रिय खोप तालिका अनुसार जिल्लाका सवै बालबालिकाले एक बर्ष भित्रमा लगाई सक्नु पर्ने खोप लगाई सकेकाले जिल्लालाई पुर्ण खोप शुनिश्चित जिल्ला घोषणा गरिएको हो ।

पुर्ण खोप सुनिश्चित जिल्लाका लागि जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख राजु कुमार श्रेष्ठको प्रस्तावमा राजनैतिक दलहरुको तर्फबाट नेपाली काँग्रेसका जिल्ला सभापति नन्दमणी राईले समर्थन जनाए पछि जिल्ला खोप समन्वय समितिका अध्यक्ष तथा स्थानिय बिकास अधिकारी सिता परियारबाट पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।

सन २०१७ सम्ममा नेपाललाई पुर्ण खोप सुनिश्चित घोषणा गर्ने लक्ष्य अनुरुप अहिले जिल्लाहरुलाई पूर्ण खोप सुनिश्तिता भएको जिल्लाकारुपमा घोषणा गर्न शुरु गरिएको छ ।

भोजपुरमा रहेका २ नगरपालिका र ५४ वटा गाउँ बिकास समितिका १२ देखि २३ महिना भित्रका ३ हजार ६ सय ९३ जना वालवालिकाहरुले १ वर्ष भित्र नै पुर्ण खोप लगाएको हुदा जिल्लालाई पुर्ण खोप सुनिश्तिता भएको जिल्ला घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका निमित्त स्वास्थ्य प्रमुख राजु कुमार श्रेष्ठले बताए ।

पूवाँअञ्चलका धनकुटा, इमाल, तेह्रथुम र ओखलढुंगा यस अघि नै पूर्ण खोप सुनिश्चितता भएको जिल्लाकारुपमा घोषणा भैसकेका छन । कार्यक्रममा पुर्ण खोप सुनिश्चित गर्न सहयोग गरेको भन्दै राष्ट्रिय स्तरका संचारमाध्यममा कार्यरत पत्रकारहरुलाई समेत प्रशंसा पत्रद्वारा सम्मान गरिएको छ ।

जसमा दि हिमालयन टाइम्सका जिल्ला संवाददाता निरोज कोइराला, रासस सरिता राई, नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष एक्सन राई, इमेज च्यानलका राजन राई लगायत १० जना पत्रकार रहेका छन । यसै गरी बिभिन्न संघ संस्थाहरुलाई समेत सम्मान गरिएको छ ।

जिल्लाको पूर्वी याकु गाविसबाट २०७१ फागुन १ गतेबाट शुरु भएर गत मंसिर ५ गते रानिवास गाविस पूर्ण खोप युक्त गाविस घोषणा भए पछि स्वास्थ्य राज्यमन्त्री गुरुङ्गले शुक्रवार सदरमुकामको स्थानिय टुँडिखेलमा आयोजित बिशेष कार्यक्रममा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेका हुन ।

प्रकाशित मिति: २२ पुस २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्