अमेरिका : प्यालेस्टाइनको समर्थनमा आन्दोलनरत ३ सय विद्यार्थी पक्राउ


 


एजेन्सी । प्रहरीले कोलम्बिया युनिभर्सिटी र द सिटी युनिभर्सिटी अफ न्यूयोर्कमा करिब ३०० प्रदर्शनकारीलाई पक्राउ गरेको छ । न्युयोर्कका मेयर एरिक एडम्सले कोलम्बिया युनिभर्सिटीको अनुरोधमा आफूले भवनभित्र बसेका विद्यार्थीविरुद्ध ठुलो अभियान चलाएको बताएका हुन् ।

सहरका अधिकारीहरूले विश्वविद्यालयभित्र प्यालेस्टाइनको समर्थनमा शान्तिपूर्ण प्रदर्शनमा बाहिरी तत्त्वहरू सामेल भएको बताएका छन्। अमेरिकाका अन्य सहरहरूबाट पनि लगभग यस्तै बयानहरू आएका छन्।

न्यूयोर्कका मेयरले अपरेसनका क्रममा कोलम्बियामा भइरहेको ठुलो अपरेसनको बिचमा प्रहरीले सहरका अन्य ठाउँको सुरक्षाको पनि ख्याल गरिरहेको सञ्चारमाध्यमलाई जानकारी दिए । उनले युवालाई कट्टरपन्थी बनाउने विश्वव्यापी समस्या बन्दै गएको बताए ।

एडम्सले न्यूयोर्कमा यस्तो हुन नदिने बताए। उनले आन्दोलनकारीले शान्तिपूर्ण प्रदर्शन गर्नुपर्थ्यो तर अराजकताको वातावरण सिर्जना गरिरहेको आरोप लगाए ।

विचार व्यक्त गर्ने सन्दर्भमा मेयर एडम्सले भने, ‘विद्यार्थीहरूलाई विरोध गर्ने अधिकार छ र स्वतन्त्र विचार हाम्रो समाजको पहिचान हो। तर भवनको घेराबन्दी, सम्पत्तिमा क्षति पुर्‍याउने र सुरक्षा क्यामेरा निष्क्रिय पार्ने कार्यलाई शान्तिपूर्ण व्यवहार भन्न मिल्दैन ।’

बीबीसी

प्रकाशित मिति: २० बैशाख २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्