आईपीएल : चेन्नईविरुद्ध पञ्जाबको सहज जित


 


काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किंग्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ ।

गएराति भएको खेलमा पञ्जाबले साविक विजेता चेन्नईलाई ७ विकेटले पराजित गरेको हो ।

चेन्नईले दिएको १६३ रनको लक्ष्य पञ्जाबले १३ बल बाँकी छँदै ३ विकेट गुमाएर भेटायो । पञ्जाबका लागि जोन्नी बेयर्सटोले सर्वाधिक ४६ रन बनाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६२ रन बनाएको थियो ।

उसका कप्तान रुतुराज गाएक्वाडले सर्वाधिक ६२ रन बनाए । जितपछि पञ्जाब १० खेलमा ८ अङ्कसहित सातौँ स्थानमा उक्लिएको छ । चेन्नई १० खेलमा १० अङ्कसहित चौथो स्थानमा छ ।

प्रकाशित मिति: २० बैशाख २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्