गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्स सिन्डिकेटबीच सम्झौता


 


काठमाडौं, वैशाख १९ । गरिमा विकास बैंक लिमिटेड र नेपालको लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.बीच टोयोटा गाडी खरिद गर्ने ग्राहकहरुलाई गरिमा विकास बैंक लिमिटेडले आधार दरमानै सवारी कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौता–पत्रमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र युनाइटेड ट्रेडर्स सिन्डिकेटको तर्फबाट वरिष्ठ निर्देशक कैलाश बि. राजभण्डारीले हस्ताक्षर गर्नु भएको हो ।

सम्झौता पत्रमा युनाइटेड ट्रेडर्स सिन्डिकेटप्रा.लि.बाट ग्राहकहरुले नयाँ टोयोटा गाडी खरिद गर्दा गरिमा विकास बैंक लिमिटेडबाट आधार दरमा नै अधिकतमा १२ बर्ष सम्मको अवधिका लागि सवारी कर्जा लिन सक्नेछन् ।

ग्राहकहरूले व्यक्तिगत तथा व्यवसायिक दुवै प्रयोजनको लागि टोयोटा ब्राण्डको सवारी साधन खरिद गर्दा यो कर्जा सुविधा प्राप्त गर्नेछन् ।

सम्झौता पश्चात युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि.ले गरिमा विकास बैंक लिमिटेडलाई बैंकिङ्ग पार्टनरको रुपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गरेको छ ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएममार्फत ग्राहकहरुलार्ई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति: १९ बैशाख २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्