एमालेको आयोजनामा राजधानीमा वृह्त जन प्रदर्शन हुँदै


 


काठमाडौं, पुस २२
एमाले तथा विभिन्न नौ राजनीनितक दलले आज (शुक्रबार) राजधानीमा वृहत जनप्रदर्शन गर्ने भएका छन् ।

५ नम्बर प्रदेशलाई टुक्र्याउने गरि ल्याइएको संविधान संशोधनको प्रस्ताव राष्ट्र हितमा नभएको भन्दै त्यसको विरोधस्वरुप नेकपा एमाले लगायत विभिन्न नौ राजनीतिक दलले राजधानीमा लाखौंको संख्यामा जनता उतारी जन प्रदर्शन गर्न लागेका हुन् ।

यसअघि एमालेलगायत विभिन्न नौ राजनीतिक दलले संशोधन प्रस्तावको विरोधस्वरुप बिहीबार मोटर साइकल ¥याली निकालेका थिए ।

संविधान संशोधनको विरोधमा एमाले लगायतका दलहरुले महिनौ देखि संसद चल्न दिएका छैनन् ।

प्रकाशित मिति: २२ पुस २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्