एचआईभी संक्रमितलाई गाउँमै एआरटी


 


काठमाडौं, पुस २२
जिल्लामा रहेका एचआईभी संक्रमितलाई गाउँमै एआरटी औषधी दिन थालेपछि उनीहरुमा खुसीयाली छाएको छ ।

जिल्लाको दुर्गम गाविसमा रहेको एचआईभी संक्रमितले जिल्ला सदरमुकाममा गएर एचआइभी संक्रमितले खाने एआरटी नामक औषधी लिँदा लिँदा थकित भैसकेको बगलेक गाविसका एचआईभी संक्रमित त्रिलोक ठकुल्लाले बताउनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालय डोटीले पहिलोपटक जिल्ला सदरमुकाम बाहिर एचआईभी संक्रमितले खाने औषधी एआरटी वितरण केन्द्र स्थापना गरेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लाको पूर्वीचौकी क्षेत्रका ६ भन्दा बढी गाविसका संक्रमितलाइ पायक पर्ने सानागाउँ स्वास्थ्य चौकीबाट औषधी पाउने गरी सेवा सुरु गरिएको छ । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

प्रकाशित मिति: २२ पुस २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्