दुई छोरालाइ विष खुवाएर ‘आत्महत्या’


 


काठमाडौं, पुस २२
सर्लाहीको बरहथवामा दुई छोरालाई विष खुवाएर आमाले आत्महत्या गरेकी छन् ।

बरहथवा ११ हीरापुरकी २२ बर्षीय सविता पालले बिहीबार दिउँसो छोराहरु पाँच बर्षीय अमन पाल र तीन बर्षीय प्रिन्स पाललाई विष खुवाएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

सविता र अमनको तत्कालै मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक नरेन्द्रकुमार मरवैताले बताए ।

प्रिन्सको अवस्था चिन्ताजनकर रहेको र उनको वीरगन्ज अस्पतालमा उपचार भइरहेको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रकाशित मिति: २२ पुस २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्