नौ राजनीतिक दलले निकाले मोटरसाइकल र्याली


 


काठमाडौँ, पुस २१

नेकपा (एमाले) लगायत नौ राजनीतिक दलको आयोजनामा शुक्रबार हुने जनप्रदर्शनको पूर्वसन्ध्यामा आज बृहत् मोटरसाइकल र्याली निकालिएको छ ।

एमाले, नेकपा (माले), राष्ट्रिय जनमोर्चालगायत नौ राजनीतिक दलले अपराह्न ३ बजे प्रर्दशनीमार्गस्थित भृकुटीमण्डपबाट मोटरसाइकल र्याली निकालेका हुन । ¥यालीको एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नु भएको थियो ।

भृकुटीमण्डपबाट सुरु भएको मोटरसाइकल ¥याली त्रिपुरेश्वर, थापाथली, जावलाखेल, सातदोवाटो, कोटेश्वर, नयाँ बानेश्वर हुँदै पुनःभृकुटीमण्डपमा पुगी टुङ्गिएको थियो । र्यालीमा एमाले उपाध्यक्ष वामदेव गौतम, अष्टलक्ष्मी शाक्य, सचिव प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, योगेश भट्टराई लगायतको सहभागिता थियो ।

प्रकाशित मिति: २१ पुस २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्