एकैपटक २८ जना सहसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)
काठमाडौं, वैशाख १४ । सरकारले २८ जना सहसचिवहरुको सरुवा गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले २८ जना सहसचिवहरुको सरुवा गर्ने निर्णय गरेको हो ।
यो निर्णयसँगै भरतपुर र ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पनि परिवर्तन भएका छन् ।
ललिलतपुरका वीरेन्द्रदेव भारती भरतपुरमा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी रेखा दास ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा भएका छन् ।
यसबाहेक अन्य मन्त्रालय र प्रदेश मन्त्रालयका विभिन्न पदका सहसचिवहरुको पनि सरुवा पनि भएको छ ।
प्रकाशित मिति: १४ बैशाख २०८१, शुक्रबार