सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख ज्ञवालीलार्इ हटायो


 


काठमाडौं, पुस २१

सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई हटाएको छ । ज्ञवालीको काम सन्तोषजनक नभएको भन्दै सरकारले हालै स्पष्टीकरण सोधेको थियो ।

ज्ञवालीले बुधबार १२ पन्ने स्पष्टीकरण बुझाएका थिए । तर, उनले आफू ५ वर्षका लागि नियुक्त भएको भन्दै स्पष्टीकरण सोध्न आधार नै नभएको दाबी गरेका छन् ।

बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै बर्खास्त गर्ने निर्णय गरेको छ । अर्को सीईओ आजै नियुक्त गर्ने र दुबै निर्णयलाई एकसाथ सार्बजनिक गर्ने तयारी भइरहेको स्रोतले बताएको छ ।

स्रोतहरुका अनुसार सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ता रमण श्रेष्ठसँगको परामर्शपछि यो निर्णय लिइनेछ । केपी ओली नेतृत्वको सरकारले १० पुस २०७२ मा ज्ञवालीलाई प्राधिकरणको सीईओमा नियुक्त गरेको थियो । यता हटाइएका ज्ञवाली भने अदालत जाने तयारीमा रहेको बुझिएको छ ।

 

प्रकाशित मिति: २१ पुस २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्