नेपालसँग खेल्ने वेस्टइन्डिजको ‘ए’ टोली घोषणा


 


काठमाडौं, वैशाख ११ । नेपाल क्रिकेट टोलीसँगको ५ टि–२० खेल खेल्नका लागि वेस्टइन्डिज क्रिकेट बोर्डले सोमबार ‘ए’ टोली घोषणा गरेको छ ।

रोष्ट चेसको कप्तानीमा घोषणा गरिएको ए टोली पहिलो पटक‌ नेपाल भ्रमणमा आउन लागेको हो ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा यी दुई टोलीबीच पहिलो खेल हुनेछ । सन् २०१६ मा वेस्ट इन्डिजले विश्वकप जित्दाका ब्याटर जोनसन चार्ल्स र आन्द्र फ्लेचर ए‌ टोलीमा छन् । वेस्टइन्डिज दुई पटकको टि ट्वान्टी विश्वकप विजेता वेस्ट हो ।

नेपाल र वेस्टइन्डिज ‘ए’ बीचको दोस्रो खेल वैशाख १६ गते, तेस्रो खेल वैशाख १९ गते , चौथो खेल वैशाख २० गते र पाँचौं तथा अन्तिम खेल वैशाख २२ गते हुनेछ ।

ओमानमा आइतबार सम्पन्न एसीसी प्रिमियर कपमा‌ भाग लिएर नेपाली क्रिकेट टोली सोमबार राति स्वदेश आइपुगेको छ । साविक विजेताका रुपमा ओमान पुगेको नेपाली टोली यसपटक चौथो भएर फर्केको छ ।

वेस्ट इन्डिज ए क्रिकेट टोली
रोस्टन चेस (कप्तान), एलिक एथानाजे (उपकप्तान), फबिएन एलेन, कदिम एलियन, जोसुवा विसोप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क दयाल, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, ओसान थोमस र हायडेन वाल्स ।

प्रकाशित मिति: ११ बैशाख २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्