नाउपाको अध्यक्ष विवादको मुद्दामा सुनुवाई हुँदै


 


काठमाडौं, वैशाख ९ । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष विवादको मुद्दामा सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ ।

उक्त मुद्दाको पेशी न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासमा तोकिएको छ ।

निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षमा रेशमलाल चौधरीको नाम अद्यावधिक गर्न अस्वीकार गरेपछि चौधरीले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

पुस २७ मा कैलालीको टिकापुरमा भएको महाधिवेशनबाट चौधरी सर्वसम्मत अध्यक्ष चयन भएका थिए ।

प्रकाशित मिति: ९ बैशाख २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्