भुटानी शरणार्थी प्रकरणको मुद्दामा सर्वोच्चमा सुनुवाइ हुँदै


 


काठमाडौँ, वैशाख ९ । भुटानी शरणार्थी प्रकरणको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।

निलम्बित सचिव टेकनारायण पाण्डे सहितका प्रतिवादीहरुको निवेदनमाथि न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासमा सुनुवाइ भइरहेको हो ।

पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व सभाषद् आङटावा शेर्पा, डा। इन्द्रजित राई, शमशेर मियाँ, केशव दुलाल र सानु भण्डारी सहितका १० जनाले उच्चको आदेशविरुद्ध सर्वोच्चमा अपिल गरेका हुन् ।

प्रकाशित मिति: ९ बैशाख २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्