स्ववियु निर्वाचन नहुने संकेत


 


काठमाडौं, पुस २१

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नहुने संकेत देखिएको छ ।

सबै विद्यार्थी संगठनहरुसँग छलफल गरी निर्वाचन गर्ने अन्तिम तयारी भइरहेको बेला त्रिभुवन विश्वद्यिालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो बर्ष स्ववियु निर्वाचन नहुने संकेत गरेका छन् ।

त्रिविको सभामा बोल्दै उनले सरकार स्थानीय निकायको निर्वाचनम जान लागेको अवस्थामा स्ववियु निर्वाचन हुन नसक्ने संकेत गरेका हुन् । ‘हामी अहिले स्थानीय निर्वाचनको मिति चाडै घोषणा गर्ने तयारी गरिरहेका छौं, यही अवस्थामा स्ववियुको निर्वाचन गरे समस्या पर्ने देखिएको छ ।’ सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने ।

त्रिविले सबे विद्यार्थी संगठनसँग पटकपटक छलफल गरी आगामी फागुन १४ गते नै निर्वाचन गर्ने मिति तय गरिसकेको छ। आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

प्रकाशित मिति: २१ पुस २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्