छुरा प्रहारबाट एक जनाको मृत्यु


 


खोटाङ, वैशाख २ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी नेवारे बस्ने ३१ वर्षीय धनजित राईको छुरा प्रहारबाट शनिबार बेलुकी मृत्यु भएको छ ।

सोही ठाउँ बस्ने २६ वर्षीय विकास राईसहित तीन जनाले सोही ठाउँस्थित मकै बारीमा धनजितलाई छुरा प्रहार गर्दा उनको मृत्यु भएको हो ।

खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय खोटाङ र प्रहरी चौकी जाल्पाबाट खटिएको प्रहरीले हाल फरार उनीहरूको खोजी गरिरहेको छ

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: २ बैशाख २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्