सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाकै सांसद कैलाश चौधरीले पनि गरे दाबी पेश


 


धनगढी, वैशाख २ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिका पार्टीका अर्का सांसद कैलाश चौधरीले पनि दाबी पेश गरेका छन् ।

उनले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

नाउपाकै सांसद लक्ष्मणकिशोर चौधरीले नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरे लगत्तै सोही पार्टीका सांसद कैलाश चौधरीले पनि मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

सुदूरपश्चिम प्रदेशसभामा एमालेका १० जना र नेकपा माओवादी केन्द्रका सभामुखसहित ११ जना सदस्य छन् । कैलाश चौधरीलाई स्वतन्त्र सांसद तारा जोशीले पनि समर्थन गरेका छन् ।

दुई जना सांसदले मुख्यमन्त्रीमा दाबी पेश गरेपछि प्रदेश प्रमुख नजिर मियाले अर्को पक्षले पनि कानुनी परामर्शपछि निर्णय गर्ने तयारी गरेका छन् ।

प्रकाशित मिति: २ बैशाख २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्