सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाका लक्ष्मणकिशोर चौधरीको दाबी पेस


 


धनगढी, वैशाख २ । नेपाली कांग्रेस र नेकपा एकीकृत समाजबादीसहितको समर्थनमा सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी ९नाउपा०का लक्ष्मण किशोर चौधरीले दाबी पेस गरेका छन् ।

चौधरीले आइतबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

नेपाली कांग्रेसका १८, नाउपाका ४, नेकपा एकीकृत समाजवादीका ४ र राप्रपाका १ सांसदको समर्थनमा उनले दाबी पेस गरेका छन् ।

प्रकाशित मिति: २ बैशाख २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्