संविधान संशोधनका विषयमा आन्तरिक रणनीति बनाउनमा जुट्दै दलहरु


 


काठमाडौं, पुस २०
सर्वोच्चको आदेशपछि राजनीतिक दलहरु आन्तरिक रणनीति बनाउनमा जुटेका छन् ।

सत्तापक्ष, प्रतिपक्ष र मधेसी मोर्चाले फरक फरक रणनीतिका लागि छलफल सुरु गर्न थालेका छन् ।

संविधान संसोधनसँग जोडिएको विषयमा सर्वोच्च अदालतले फैसला गरेपछि दलहरुले नयाँ रणनीति तय गर्न थालेका हुन् ।

तर सीमांकनको विषयमा भने फेरि पनि विवाद हुने देखिएको छ । सर्वोच्च अदालतको आदेश पनि सत्तापक्षले सीमांकनसहितको संसोधन प्रस्ताव अघि बढाउने तयारी गरेको छ ।

सर्वोच्च अदालतको आदेशपछि संविधान संशोधन प्रस्तावका विषयमा छलफल गर्न बुधबार मधेसी मोर्चाको बैठक बस्दैछ ।

छलफलपछि मोर्चाले अदालतको आदेशका विषयमा साझा धारणा बनाएर संसोधन प्रस्ताव पारित गर्ने रणनीति तय गर्नेछ ।

प्रकाशित मिति: २० पुस २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्