चट्याङ लागेर मृत्यु


 


ओखलढुंगा, चैत ३० । खिजिदेम्बा गाउँपालिका–४ लोसा बस्ने ३८ वर्षीय बोमन बहादुर तामाङको चट्याङ लागेर बिहीबार साँझ मृत्यु भएको छ ।

घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएका उनको सोही ठाउँस्थित स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: ३० चैत्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्