करेन्ट लागेर युवकको मृत्यु


 


सर्लाही, चैत ३० । ब्रहमपुरी गाउँपालिका–२ बस्ने २७ वर्षीय राजेश पासवानको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको छ ।

ग.१ त ४३१४ नम्बरको ट्याक्टरले सोही ठाउँस्थित खेत जोत्ने क्रममा कृषि मिटरको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: ३० चैत्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्