संसदीय छानबिन समिति नबन्दासम्म काँग्रेस पछि हट्दैन : प्रकाशमान सिंह


 


काठमाडौं, चैत ३० । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सहकारी प्रकरणबारे छानबिन गर्न संसदीय समिति गठन नबन्दासम्म कांग्रेस पछि नहट३ने बताएका छन् ।

नयाँ बानेश्वरमा शुक्रबार भएको कार्यक्रममा बोल्दै सिंहले यस्तो बताएका हुन् । ‘सहकारी प्रकरणमा जबसम्म सरकार संसदीय छानबिन समिति बनाउँदैन, त्यस बेलासम्म कांग्रेस यो मागबाट पछि हट्दैन’ उनले भने ।

उनले कांग्रेसले विगत एक महिनादेखि नै संसदीय छानबिन समिति गठनको माग गरे पनि सत्तापक्षले नमानेको बताए । संसदीय समिति बनाउन नमानेर सत्तापक्षले संसदीय अभ्यासमाथि नै प्रहार गरेको उनको आरोप छ ।

लाखौं जनताले सहकारीमा गरेको बचत हिनामिना भएको भन्दै उनले यसको निष्पक्ष छानबिनका लागि संसदीय समिति आवश्यक रहेको बताए ।

कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ ।

प्रकाशित मिति: ३० चैत्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्