अाजकाे राशिफल


 


अाज मिति वि.सं. २०७३ साल पुस २० गते बुधबार। इश्वी सन् २०१७ जनवरी ४ तारिख। नेपाल संवत् ११३७ पोहेलाथ्व। पौष शुक्लपक्ष। तिथि– षष्ठी, १२:२४ बजेउप्रान्त सप्तमी। तपार्इकाे अाजकाे राशिफल हेर्नुहाेस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारिवारिक आवश्यकता पूर्ति हुनेछ । ब्यापार ब्यबसायबाट प्रशस्त लाभ मिल्नेछ । टाढाको यात्रा गर्ने अवसर जुट्न सक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) साथीभाईसंग भेटघाट हुनाले मन प्रसन्न रहनेछ । धैर्यले काम लिँदा प्रतिस्पर्धीलाई उछिन्न सकिनेछ । आफ्नै गल्तीले हानि पुर्याउन सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सानै प्रयाशले पनि काममा सफलता मिल्नेछ । सोचे जति आम्दानी नहुन सक्छ । पढाई लेखाइमा सन्तोषजनक सफलता मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) काम गर्ने विभिन्न अवसरहरु फेला पर्नेछन । सामाजिक र धार्मिक काममा सफलता मिल्नेछ । पारिवारिक दायित्व बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) पढाइ लेखाइमा समय दिन सकिने छैन । व्यापार ब्यबसायबाट लाभ मिल्नेछ । परोपकारी काममा रुची बढ्नेछ । आँटेका काम पनि सजिलै बन्नेछन ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धेरैले तपाईंका कामको तारिफ गर्नेछन । रोकिएका कामहर सुचारु हुनेछन । समाजमा नाम र प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरूले साथ दिनेछन ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) चुनौतिको सामना गर्नु परे पनि काममा सफलता मिल्नेछ । धेरै आम्दानी हुने काम फेला पार्न सकिनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) पढाई लेखाइमा प्रगति हुनेछ । सोचेको आटेको काममा सफलता मिल्नेछ । लेनदेनमा विवाद बढ्ने हुँदा लेनदेनबाट टाढा रहनु उचित हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) शत्रुहरु पराजित हुनेछन । मेहनत गर्दा महत्वपूर्ण काममा सफलता मिल्नेछ । पढाई लेखाइमा प्रगति हुनेछ । सोचे भन्दा खर्च बढ्ने देखिन्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अध्ययन अध्यापनमा सफलता मिल्नेछ । परिवारको सहयोगले महत्वपूर्ण काममा सफलता मिल्नेछ । आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सामाजिक काममा सफलता मिल्नेछ । धार्मिक काममा रुची बढ्नेछ । आफ्नो क्षेत्रको नेतृत्व गर्ने अवसर मिल्नेछ । राजनीतिमा आफ्नो बर्चस्व बढाउन सकिनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) साथीभाईको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ । स्वास्थ्यमा केहि समस्या देखिनेछ । पारिवारिक दायित्व बढ्नेछ ।

प्रकाशित मिति: २० पुस २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्