सिन्धुलीमा एनसेल टावरमा बम विस्फोट


 


काठमाडौं, चैत २९ । सिन्धुलीको कमलामाई नगरपालिकास्थित एनसेलको टावरमा बम विस्फोट भएको छ ।

बुधबार राति साढे १ बजे टावरमा प्रेसर कुकर बम विस्फोट गराइएको प्रहरीले जनाएको छ । विस्फोटले सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका डिएसपी अनिल खड्काले जानकारी दिए ।

उनका अनुसार घटनास्थलमा जनमुक्ति सेनाको पर्चा पनि भेटिएको छ । बम विस्फोटपश्चात् स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थल पुगेका थियो ।

बम विस्फोट गराउने व्यक्तिको पहिचान अहिलेसम्म हुन नसकेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २९ चैत्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्