माओवादी केन्द्रमा पाँच नेताको जिम्मेवारी हेरफेर


 


काठमाडौँ, चैत २८ । नेकपा माओवादी केन्द्रका केही नेताहरूको जिम्मेवारी हेरफेर गरिएको छ ।

माओवादी केन्द्रीय कार्यालयका अनुसार केन्द्रीय सदस्यद्वय गोविन्द आचार्यलाई विशेष प्रदेश समिति र सन्तोष विष्टलाई बागमती प्रदेशबाट सम्पर्क समन्वय प्रदेशमा केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको छ ।

यस्तै वैकल्पिक केन्द्रीय सदस्य मनऋषि धिताल र गण्डकी प्रदेश सचिवालय सदस्य निराजन कुँवरलाई सम्पर्क समन्वय प्रदेश समितिमा जिम्मेवारी दिइएको छ ।

यसैगरी प्रवास समिति सदस्य सदस्य हर्क बहादुर थापालाई गण्डकी प्रदेशमा सरुवा गरिएको छ ।

प्रकाशित मिति: २८ चैत्र २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्