प्रतिनिधिसभामा कांग्रेसको अवरोध कायमै, छानबिन समिति गठनको माग यथावत


 


काठमाडौं, चैत २८ । प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध कायमै राखेको छ ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा पनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध कायमै राखेको हो ।

बैठक सुरु भए लगत्तै नेपाली कांग्रेसका सांसदहरु उठेर विरोध गरेपछि सभामुख देवराज घिमिरेले बोल्न सांसद् रामहरि खतिवडालाई बोल्न समय दिए ।

आफ्नो धारणा राख्दै सांसद खतिवडाले रास्वपा सभापति रवि लामिछानेविरुद्ध पोखरामा प्रहरीले अनुसन्धान जारी राखे पनि काठमाडौंमा गठबन्धन परिवर्तन भएलगत्तै अनुसन्धान रोकिएको दाबी गरे ।

नेपाली कांग्रेसले महिनौंदेखि यहीँ विषयमा कुरा उठाउँदासमेत सरकार गम्भीर नभएको र गृहमन्त्रीले गरेका गल्तीमाथि सरकारले माफी दिएको आरोप लगाए ।

सहकारीको अरबौं रुपैयाँ गोरखा मिडिया प्रालिका नाममा अपचलन गरिएको दाबी गर्दै उनले सोही संस्थाका प्रवन्ध निर्देशक लामिछानेमाथि छानबिन नगर्नुले सरकारको अभिष्टमाथि प्रश्न उब्जिएको उल्लेख गरे ।

प्रकाशित मिति: २८ चैत्र २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्