भाेजपुर सहित थप तीन जिल्ला पूर्ण खोपयुक्त घोषणा हुँदै


 


काठमाडौँ, पुस १९

सरकारले थप तीन जिल्लालाई पूर्ण खोयपुक्त जिल्ला घोषणा गर्ने भएको छ ।

यही पुस २२, २३ र र २५ गते क्रमशः भोजपुर, काभ्रेपलाञ्चोक र लमजुङलाई खोपयुक्त जिल्ला घोषणा गर्न लागिएको स्वास्थ्य सेवा विभाग खोप शाखाका प्रमुख कृष्णबहादुर चन्दले जानकारी दिए ।

खोप शाखाका अनुसार हालसम्म ८७ प्रतिशत नेपाली खोपको पहुँचमा रहेका छन् भने १७ जिल्ला पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएका छन् । पूर्ण खोपयुक्त जिल्ला हुनेमा कञ्चनपुर, बैतडी, डडेलधुरा, अछाम, बझाङ, प्यूठान, गुल्मी, पाल्पा, नवलपरासी, अर्घाखाँची, म्याग्दी, तनहुँ, मुस्ताङ, दोलखा, धनकुटा, तेह्रथुम र इलाम रहेका छन् ।

नेपालमा विभिन्न खोपका लागि वार्षिक दुई अर्बरुपैयाँ खर्च हुने गरेको छ । जन्मेदेखि एक वर्षसम्मका साढे छ लाख बालबालिकाका लागि वार्षिकरुपमा उक्त रकम खर्च हुने बालस्वास्थ्य महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: १९ पुस २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्