पानीमा डुबेर विभिन्न ठाउँमा चार जनाको मृत्यु


 


काठमाडौं, चैत २७ । रौतहटको वृन्दावन नगरपालिका–१ रमौली बैरिया बस्ने हुलाश बैठाको छोरी १३ वर्षीया निरन्जना कुमारी बैठाको सोही ठाउँस्थित सामुदायिक पोखरीमा नुहाउने क्रममा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ ।

कपिलवस्तु, वाणगंगा नगरपालिका–१० बनगवा वस्ने राजाराम थारुको छोरा २ वर्षीय बिवान्स थारुको जम्मा भएको पानीको खाल्डोमा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ ।

छिमेकीको घरको आँगनमा खेल्ने क्रममा उक्त खाल्डोमा डुबेर अशक्त भएका उनको प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

रसुवा नौकुण्ड गाउँपालिका–६ कपथली बस्ने १९ वर्षीय बिजय तितुङको सोही ठाउँस्थित फलाखु खोलामा पौडी खेल्ने क्रममा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ ।

नवलपरासी पूर्व, गैंडाकोट नगरपालिका–१२ मालपुर बस्ने ५९ वर्षीय सिताराम महतोको सोही ठाउँस्थित कुलोको पानीमा डुबेर मंगलबार बिहान मृत्यु भएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २७ चैत्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्