तारकेश्वरमा जुवातास खेलिरहेका पाँच जना पक्राउ


 


काठमाडौं, चैत २७ । काठमाडौंको तारकेश्वर नगरपालिका–५ लोलाङबाट प्रहरीले जुवातास खेलिरहेका पाँच जनालाई पक्राउ गरेको छ ।

स्थानीय शंकर राज भेटुवालको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने गोरखा, गोरखा नगरपालिका–२ घर भएका २५ वर्षीय उत्सव बिश्‍व समेत पाँच जनालाई सोमराति प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूको साथबाट नगद २० हजार ५ सय रूपैयाँ र २ बुक तास बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: २७ चैत्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्