बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ


 


संखुवासभा, चैत २७ । आफ्नै बुबा ५० वर्षीय युवराज राईको हत्या गरेको अभियोगमा पाँचखपन नगरपालिका–२ गैरीगाँउ बस्ने २८ वर्षीय सुमन राईलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूबीच वादविवाद भई सुमनले कुटपिट गर्दा गम्भीर घाइते भएका युवराजको स्वास्थ्य चौकी स्याबुन हुँदै जिल्ला अस्पताल खाँदबारीमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: २७ चैत्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्