प्रतिनिधि सभाको बैठक भोलिसम्मका लागि स्थगित


 


काठमाडौँ, चैत २७ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोध जारी रहेपछि प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ ।

अर्को बैठक (भोलि) बुधबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको सभामुख देवराज घिमिरेको सचिवालयले जानकारी गराएको छ ।

आज बिहान ११ बजेका निम्ति बोलाइएको बैठक सभामुख र प्रमुख दलका शीर्ष नेताहरूबीचको छलफलका कारण ढिला गरी बसेको थियो । ढिला गरी संसद् बैठकमा पनि नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै अवरोध गरेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगन गरेका थिए । तर, बैठक बुधबार बस्ने गरी बैठक स्थगन गरिएको छ ।

सहकारीको रकम ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम मुछिएको विषयमा कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरिरहेको छ ।

प्रकाशित मिति: २७ चैत्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्