राप्रपा प्रदर्शन : ज्ञानेन्द्र शाहीसहित प्रदर्शनकारी पक्राउ


 


काठमाडौँ, चैत २७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनबाट संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीसहित केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले उनलाई भद्रकाली क्षेत्रमा भएको प्रदर्शनका क्रममा पक्राउ गरेका जनाएको छ ।

शाहीले निषेधित क्षेत्र तोड्न र आन्दोलनकारीलाई पछि नहट्न उक्साएर मुठभेड निम्त्याउने प्रयास गरेको भन्दै पक्राउ गरेको जनाएको छ ।

झडपका क्रममा राप्रपाका केही कार्यकर्ता घाइते भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: २७ चैत्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्