राप्रपाले निषेधित क्षेत्र तोड्न खाेज्दा प्रहरीद्वारा बल प्रयोग


 


काठमाडौँ, चैत २७ । प्रदर्शनमा उत्रिएको राप्रपा समममर्थनकहरुले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले बल प्रयोग गरेको छ ।

प्रहरीले बल प्रयोग गर्दा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । काठमाडौँको भद्रकालीबाट प्रदर्शनकारी सिंहदरबारतर्फ अघि बढ्न खोज्दा प्रहरीले प्रदर्शनकारमाथि पानीको फोहोरा हान्नुका साथै केही राउण्ड अश्रुग्याँस प्रहार गरेको छ ।

प्रदर्शनकारी निषेधित क्षेत्रभित्र प्रवेश गर्न खोजेपछि प्रहरीले नियन्त्रण गर्न बल प्रयोग गरेको जनाएको छ । प्रहरीले बल गरेर प्रदर्शनकारीलाई तितरबितर पारेको छ ।

प्रकाशित मिति: २७ चैत्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्