कांग्रेसले संसद बैठक चल्न नदिने


 


काठमाडौँ, चैत २७ । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति गठन नगरेसम्म संसद बैठक चल्न नदिने निर्णय गरेको छ ।

मंगलबार बिहान बसेको सो पार्टीको संसदीय दलको बैठकले सो निर्णय गरेको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।

साथै कांग्रेसले आफ्ना मागबारे सरकार गम्भीर नभए त्यसबाट उत्पन्न हुने परिणामप्रति सरकार नै जिम्मेवार हुने जनाएको छ ।

सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएका छन् ।

प्रकाशित मिति: २७ चैत्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्