कोशी सरकारबाट माओवादीका तीन मन्त्रीले दिए राजीनामा


 


कामठाडौं, चैत २६ । कोशी प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका तीन जना मन्त्रीहरूले राजीनामा दिएका छन् ।

कांग्रेसका केदार कार्की नेतृत्वको सरकारमा सहभागी माओवादी केन्द्रबाट खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री नारायण बुर्जा मगर, सामाजिक विकास मन्त्री राजेन्द्र कुमार कार्की र पर्यटन, वन तथा वातावरण गणेश उप्रेतीले राजीनमा दिएका हुन् ।

उनीहरुले आज दिउँसो मुख्यमन्त्री केदार कार्कीलाई भेटे राजीनामा दिएको मुख्यमन्त्रीका सञ्चार सल्लाहकार देवनारायण साहले जानकारी दिए ।

सोमबार बसेको माओवादी कोशी प्रदेश संसदीय दलको बैठकले सरकारबाट आफ३ना मन्त्रीहरूलाई फिर्ता बोलाएर सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

प्रकाशित मिति: २६ चैत्र २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्