कांग्रेसले बोलायो संसदीय दलको बैठक


 


काठमाडौं, चैत २६ । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

शीर्ष तहका नेताको बैठकले मंगलबार बिहान ८ बजे बस्ने गरी संसदीय दलको बैठक बोलाउने निर्णय गरेको हो । संसदका समसायिक विषयमा छलफल गर्न संसदीय समितिको बैठक बोलाइएको बताइएको छ ।

कांग्रेसले गृहमन्त्री रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको विषयमा छानबिनका लागि संसदीय समितिको माग गर्दै आएकाे छ । मंगलबार प्रतिनिधि सभाको बैठक समेत बोलाइएको छ ।

प्रकाशित मिति: २६ चैत्र २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्