सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड, आज पनि हालसम्मकै उच्च मूल्य


 


काठमाडौं, चैत २६ । नेपाली बजारमा सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड कायम भइरहेको छ ।

आइतबार नयाँ रेकर्ड कायम भएको सुनको मूल्यमा आज (सोमबार) अर्को रेकर्ड कायम हुँदै हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको छ ।

सुन आज तोलामा ६ सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख ३६ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । जुन हालसम्मकै उच्च मूल्य हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन हिजो प्रतितोला एक लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्यमा पनि दैनिक नयाँ रेकर्ड बनिरहेको छ ।

आइतबार उच्च मूल्यमा कारोबार हुँदै रेकर्ड कायम गरेको चाँदीको मूल्यमा आज अर्को रेकर्ड काम हुँदै प्रतितोला एक हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी हिजो प्रतितोला एक हजार ६ सय ७० रुपैयाँमा कारोबार भएको महासघले जनाएको छ ।

प्रकाशित मिति: २६ चैत्र २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्