भद्रकालीमा भिक्षुमाथि दुर्व्यवहार गर्ने प्रहरीमाथि विभागीय कारबाही


 


काठमाडौं । काठमाडौंको भद्रकालीमा भिक्षुमाथि शनिबार दुर्व्यवहार गर्ने प्रहरी विभागीय कारबाहीमा परेका छन् ।

नेपाल प्रहरीले आइतबार सूचना जारी गर्दै भिक्षुमाथि दुर्व्यवहार भएकोबारे गम्भीर ध्यानाकर्षण भएको बताएको हो।

‘चैत २४ गते काठमाडौं, भद्रकाली (निषेधित क्षेत्र) मा प्रहरी कर्मचारीद्वारा एक भिक्षुमाथि भएको दुर्व्यवहारको सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ । साथै, उक्त घटनामा संलग्न प्रहरी कर्मचारी उपर विभागीय कारबाही प्रक्रिया अगाडि बढाइ सकिएको व्यहोरा समेत जानकारी गराउँछौं,’ प्रहरी मुख्यालयले जारी गरेको सूचनामा भनिएको छ।

शनिबार राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति अभियानले भद्रकाली क्षेत्रमा प्रदर्शन गरेको थियो ।

प्रकाशित मिति: २६ चैत्र २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्