१३ वर्षीया बालिका बलात्कार आरोपमा एक जना पक्राउ


 


काठमाडौं, चैत २५ । भक्तपुरमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भक्तपुर झौखेल बस्ने ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–१ का २३ वर्षीय अमृत थापामागर हुन् ।

प्रहरी प्रभाग व्यासीबाट खटिएको टोलीले उनलाई शनिवार साँझ पक्राउ गरेको हो ।

थापामगरले बालिकालाई माघ १८ गतेदेखि पटकपटक बलात्कार गरेको उजुरी परेपछि सोही आधारमा प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

यस घटनाका ुम्बन्ध्मा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २५ चैत्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्