मातातीर्थ प्रसारण लाइन आजदेखि सञ्चालनमा आउने


 


काठमाडौं, पुस १९

१३२ केभी क्षमताको हेटौँडा–कुलेखानी–मातातीर्थ प्रसारण लाइन आजदेखि सञ्चालनमा आउने भएको छ । मकवानपुरको चौकी टोलदेखि कुलेखानी दोस्रो जलविद्युत् आयोजना हुँदै काठमाडौँको मातातीर्थ सम्मको प्रसारण लाइन आज चार्ज गरिने आयोजना प्रमुख केदार सिलवालले जानकारी दिनुभयो ।

सो प्रसारण लाइन चार्ज हुनेबित्तिकै भारतबाट आयात गरिएको विद्युत् काठमाडौँ ल्याउन सहज हुने छ । भारतबाट आयात गरिएको विद्युत् ढल्केबर–हेटौँडा हुँदै काठमाडौँ ल्याउन सो प्रसारण लाइन सहयोगी हुने प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिनुभयो । तर मातातीर्थ–स्यूचाटार प्रसारण लाइनमा भने थप १५ दिनपछिमात्रै चार्ज गरिनेछ ।

उता भारतबाट ल्याइएको विद्युत् काठमाडौँ ल्याउन महत्वपूर्ण ठानिएको अर्को प्रसारण लाइन खिम्ती ढल्केबर प्रसारण लाइन पनि अन्तिम चरणमा पुगेको छ ।

प्रकाशित मिति: १९ पुस २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्