नेप्सेमा दोहोरो अंकको सुधार


 


काठमाडौं, चैत २५ । साताको कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० दोहोरो अंकले बढेर बन्द भएको छ ।

आज नेप्से २२।७५ अंकले बढेर दुई हजार २६ दशमलव ८१ विन्दुमा बन्द भएको हो । नेप्सेमा आज ४ अर्ब २५ करोड ६६ लाख ७६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका कम्पनीमध्ये १९० वटाको बढेको छ भने ४८ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ७ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा नेपाल फाइनान्स कम्पनी लिमिटेड, पोखरा फाइनान्स कम्पनी, जानकी फाइनान्स र गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् । यी कम्पनीको शेयरमूल्यमा आज सकारात्मक सर्किट लागेको छ ।

आज तारागाउँ रिजेन्सी होटल शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ ।

त्यस्तै, आज सबैभन्दा बढी कारोबार नेपाल रि–इन्स्योरेन्सको प्रमोटर शेयरको ९५ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रकाशित मिति: २५ चैत्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्