गण्डकीमा तीन सदस्यीय मन्त्रीमण्डल गठन गर्ने तयारी


 


पोखरा, चैत २५ । गण्डकी प्रदेशमा तीन सदस्यीय मन्त्रीमण्डल गठन गर्ने तयारी गरिएको छ ।

आइतबार नियुक्त भएका मुख्यमन्त्री खगराज अधिकारीले नेकपा माओवादी केन्द्रबाट एकजना र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)लाई मन्त्री बनाउन लागेका हुन् ।

माओवादीबाट दलका नेता हरिबहादुर चुमान मन्त्री बन्ने तयारीमा रहेको बताइएको छ । उनीहरूको शपथ ग्रहण साढे ३ बजेका लागि तय गरिएको छ ।

प्रकाशित मिति: २५ चैत्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्