कांग्रेसले तोक्यो उपनिर्वाचनका लागि चुनाव परिचालन संयोजक


 


काठमाडौं, चैत २५ । नेपाली कांग्रेसले आगामी वैशाखामा उपनिर्वाचनका लागि चुनाव परिचालन संयोजक तोकेको छ ।

इलाम–२ का लागि महामन्त्री विश्वप्रकाश शर्मा संयोजक बनेका छन् भने बझाङ प्रदेश सभा ९१० का लागि पूर्वमन्त्री एनपी साउद संयोजक बनेका छन् ।

उपनिर्वाचनका लागि कांग्रेसले इलाम–२ मा डम्बर खड्कालाई उम्मेदवार बनाएको छ । खड्का जिल्ला सभापति समेत हुन् । उनी गत निर्वाचनमा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्बाङसँग ११४ मतले पराजित भएका थिए ।

बझाङ प्रदेश सभा ९१० मा अभिषेक सिंहलाई कांग्रेसले उम्मेदवार बनाएको छ । उनी सडक दुर्घटनामा मृत्यु भएका सुदूरपश्चिमका पूर्वमन्त्री पृथ्वीबहादुर सिंहका छोरा हुन् ।

प्रकाशित मिति: २५ चैत्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्