सुनचाँदीको मूल्यमा आज पनि नयाँ रेकर्ड


 


काठमाडौँ, चैत २५ । नेपाली बजारमा सुनचाँदीको मूल्यमा आज अर्को रेकर्ड कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा तीन हजार ६ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ३५ हजार ६ सय पुगेको छ ।

सुनको यो मूल्य हालसम्मकै उच्च हो । यसअघि सुनको मूल्य सबैभन्दा बढी गत बिहीबार प्रतितोला एक लाख ३४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

चाँदी आज प्रतितोला १ हजार ६ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: २५ चैत्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्