संसद बैठक बस्दै, एमालेले केहि लचकता अपनाउने संकेत


 


काठमाडौं, पुस १९

व्यवस्थापिका संसदको बैठक आज बस्दै छ । बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा दिउसो १ बजेका लागि बोलाइएको छ ।

लगातारको सदन अवरुद्धको बाबजुद पनि बस्न लागेको आजकोे बैठकमा संविधान संशोधन विधेयक र निर्वाचन सँग सम्बन्धित विधेयक प्रस्तुत गर्ने तयारी रहेको संसद सचिवालयले जनाएको छ ।

असन्तुष्ट पक्ष मधेसी मोर्चाको माग संबोधनका लागि भन्दै सरकारले संसदमा दर्ता गरेको संशोधन विधेयक राष्ट्रहित विपरीत भएको भन्दै प्रमुख प्रतिपक्षी एमाले सहित अन्य दलहरुले लगातार सदन अवरुद्ध गर्दै आएको छ ।

तर संशोधन विधेयक खारेजीको माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथि सर्वोच्चले संविधान संशोधन विधेयकको क्षेत्राधिकार संसदको भएको भन्दै यसलाई हस्तक्षेप गर्न नहुने फैसला गरेसँगै एमालेले केहि लचकता अपनाउने संकेत गरेको छ ।

प्रकाशित मिति: १९ पुस २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्