नयाँ वर्षको अवसरमा सामसङको नयाँ अफर सार्वजनिक


 


काठमाडौं, चैत २३ । नयाँ वर्ष २०८१ को उपलक्ष्यमा सामसङले “स्वागत नयाँ वर्षलाई, बाढौं खुसी साधैलाई” अफर ल्याएको छ ।

यस अफर अन्तर्गत ग्राहकहरूले, आफूलाई मन परेको टिभी खरिद गर्दा ३८% सम्मको र फ्रिज र वाशिङ मेसिनको खरिदमा ३०% सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरूले ०% ब्याजको मासिक किस्ताबन्दीमा हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड मार्फत उपलब्ध गराइएको इन्स्टा फाइनान्स सेवाबाट सहज रूपमा सामसङ टिभी फ्रिज र वाशिङ मेसिनको खरिद गर्न सक्नेछन् । यो विशेष छुट अफर ज्येष्ठ २ गतेसम्म लागु हुनेछ ।

१८ वर्षदेखि निरन्तर ग्लोबल नम्बर १ टिभी ब्रान्डको रूपमा आफ्नो पहिचान बनाएको सामसङले यो नयाँ वर्षको अफरमा ग्राहकहरूलाई टिभीको नयाँ रेन्ज मध्ये कुनै पनि एफएचडी, क्रिस्टल् युएचडी, फ्रेम र क्युएलईडी लगायतका टिभी खरिद गर्दा ३८% सम्मको छुट दिएको छ । यसका लागि ग्राकहले आफ्नो नागरिकता पेस गरी ५५ इन्च वा त्यो भन्दा ठुलो टिभी खरिद गर्दा इनस्टान्ट लोन पाउन सक्नेछन् र इनस्टा फाइनान्स सेवा मार्फत ईएमआइ १८ महिनाको अवधिमा तिर्ने विकल्प पाउने छन् ।

साथै ४३ इन्च वा सो भन्दा सानो टिभी खरिद गर्दा ईएमआइ तिर्न १२ महिनाको अवधि पाउने छन् । सामसङले आफ्नो टिभीहरूमा तीन वर्षको पूर्ण उत्पादन वारेन्टी प्रदान गरेको छ ।

यसका साथै कुनै पनि सामसङ टिभीको खरिदसँगै ग्राहकहरूले साउण्डबार खरिद गर्दा सो साउण्डबारमा आकर्षक छुट पाउन सक्नु हुनेछ । अझ छानिएका सामसङको ७५ इन्च भन्दा ठूलो क्रिस्टल् युएचडी टिभी खरिद गर्दा ग्राहकहरूले साउण्डबार सित्तैमा पाउने छन् भने ए.यु.७७०० मोडलका ५५ इन्च र ६५ इन्च युएचडी टिभीको खरिद गर्दा ग्यालेक्सी ए.१५ (८÷१२८) मोबाइल फोन मा रु. ५००० को छुट पाउनु सक्नेछन् ।
सोही अफरले यस नयाँ वर्षको अवसरमा फ्रिज र वाशिङ मेसिनको खरिदमा ३०% सम्मको छुट प्रदान गरेको छ । आफ्नो घरमा नयाँ वाशिङ मेसिन वा फ्रिज अपग्रेड गर्ने वा घर ल्याउने योजनामा रहेका ग्राहकहरूका लागि सामसङले एआई इकोबबल फ्रन्ट लोड वा टप लोड वाशिङ मेसिनका अद्भुत रेन्ज र साइड–बाई–साइड, कन्भर्टेबल ५–इन–१ लगायतका अद्भुत रेन्जका फ्रिजहरुमा क्यासब्याक पाउने र एक्सचेन्जको सुबिधा उपलब्ध गराएको छ ।

सामसङले आफ्नो फ्रिजमा रहेको डीआइटी कम्प्रेसर र वासिङ मेसिनमा रहेको डीआइटी मोटरमा २० वर्षको वारेन्टी पनि प्रदान गर्दछ ।

सामसङको कुनै पनि विशेष टिभी र घरेलु उपकरणहरूमा अपग्रेड गर्दा एक्सचेन्जमा ग्राहकहरुले उत्कृष्ट मूल्याङ्कन प्राप्त गर्न सक्ने छन्। ग्राहकहरूले यो अफर एक्सचेन्ज पार्टनर अर्कोस्टर डटकम मार्फत अनलाइनमा लिनसक्ने छन् ।

यसका साथै ग्राहकहरूले अर्कोस्टोर डटकम मार्फत ५५ इन्च र ६५ इन्च ए.यु.७७०० क्रिस्टल् टिभी अनलाइन एक्सचेन्ज गर्दा रु. ५५०० सम्मको टप–अप प्राप्त गर्ने विशेष योजना पनि यो नयाँ वर्षमा प्रदान गरिएको छ ।

हिम इलेक्ट्रोनिक्स र त्रिवेणी व्यापारको डिलर नेटवर्क अन्तर्गत नेपाल अधिराज्यभर यो अफर ज्येष्ठ २ गतेसम्म लागु हुनेछ ।

प्रकाशित मिति: २३ चैत्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्