सुनसरीका दुई पालिकामा अनिश्चितकालीन निषेधाज्ञा


 


काठमाडौं, चैत २३ । सुनसरीका दुई गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको छ ।

सुनसरीका कायममुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयालले आज मध्याह्न १२ बजेदेखि लागु हुनेगरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरेका हुन् ।

बिहीबार एसइईको परीक्षा हुँदै गर्दा हरिहर गाउँपालिका(१ स्थित बालकृष्ण माध्यमिक विद्यालयमा विद्यार्थीमाथि कुटपिट भएको थियो ।

उक्त झगडालाई लिएर भीडभाड भइरहँदा सुरक्षा जोखिमलाई ध्यानमा राख्दै निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको

प्रकाशित मिति: २३ चैत्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्