कांग्रेस–एमालेबीच गठबन्धनको प्रयत्नमा नेताहरू


 


काठमाडौं । प्रतिनिधिसभाको निर्वाचनमा दलहरूले प्राप्त अस्थिर जनमत र गठबन्धन गरेर चुनावी मोर्चाबन्दी गरेका दलहरूले गरेको नागरिकप्रतिको बेइमानीका कारण संसद्मा सहभागी दलहरू सत्ता र गठबन्धन जोड घटाउमै रुमल्लिएका छन् ।

सत्ताको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेससँगको पुरानो गठबन्धन तोडेर एमालेसहितको नयाँ समीकरण बनाएको एक महिना नपुग्दै गठबन्धन परिवर्तनको अर्को खेल शुरू हुन थालेको हो ।

पाँचदलीय नयाँ सत्ता सहयात्रीबीच समेत कुरा नमिलिरहेको अवस्थामा नेपाली कांग्रेसका शीर्ष नेताहरू एमालेसँग सहकार्यको हात अघि बढाउने प्रयत्नमा लागेका छन् ।

वर्तमान सत्ता गठबन्धनले राजनीतिक स्थिरता दिन नसक्ने भन्दै नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले स्थिर सरकार दिनुपर्ने जरुरी भइसकेको बताए ।

नेता कोइरालाले देशमा स्थिरता दिन र विकास गर्न नेपाली कांग्रेस र नेकपा एमाले एक ठाउँमा उभिनुपर्ने बताए । नेपाल समाचारपत्रबाट

प्रकाशित मिति: २३ चैत्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्