नयाँ वर्षमा सिजीको ‘नयाँ सोचौं, नयाँ रोजौं’ उपहार योजना


 


काठमाडौैं, चैत २२ । नेपालकै सबैभन्दा ठूलो र नम्बर १ इलेक्ट्रोनिक्स् ब्राण्ड दाबी गरिएको सीजीले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा ग्राहकहरुका लागि ‘नयाँ सोचौं, नयाँ रोजौं’ उपहार योजना ल्याएको छ ।

केही नयाँ गरौं, नयाँ सोचौं, र नयाँ नै रोजौं भन्ने मूल सन्देशका साथ सीजीले यस्तो उपहार योजना ल्याएको हो । यस उपहार योजना अन्तर्गत सीजीतथा सीजी मेरिडियाको उत्कृष्ट उत्पादनहरुको नवीनतम प्रविधि एवम गुणस्तरका साथ विशेष ग्राहकहरुका लागि रु. ५८ हजार आठ सयसम्मको आकर्षक क्यासब्याक तथा अन्य विभिन्न पक्का उपहारहरु समेत उपलब्ध रहेको छ ।

आधुनिक प्रविधिको उत्कृष्ट क्वालिटिका सामानसँगै नेपालको आप्mनै ब्राण्ड सीजीको विश्वास पाई ग्राहकवर्गहरु ढुक्क भई यस नयाँ वर्षमा एक नयाँ सुरुवात गर्दै उत्सव मनाउन सकिनेछ ।
यस उपहार योजना अन्तर्गत सीजीका विभिन्न उत्पादन जस्तै एलईडी टीभी, गुगल टीभी, एयर कन्डिशनर, रेफ्रिजरेटर, वाशिङ मेशिन, एयर कुलर, भ्याकुम क्लिनर, अडियो सिस्टम, चेस्ट फ्रिजर र शोकेश तथा माइक्रोवेभ ओभनहरुमा आकर्षक क्यासब्याक तथा सिमित उत्पादनहरुमा पक्का उपहारहरु प्राप्त गर्न सकिनेछ ।

यसरी ३२”, ४३”, ५०”, र ५५” को एलइडी टीभी, अडियो सिस्टम, रेफ्रिजरेटर, शोकेश, चेस्ट फ्रिजर, एयर कुलर, र भ्याकुम क्लिनर मा क्यासब्याक अफर रहेको छ भने ६५” र ७५” को गुगल टि.भी. मा क्यासब्याक लगायत २.१ स्पीकर उपहार पनि रहेको छ ।

त्यसैगरी सेमि अटोमेटिक तथा टप लोड वाशिङ मेशिनमा क्यासब्याक लगायत तीन लिटर एरियल उपहार रहेको छ भने फ्रन्ट लोडमा क्यासब्याक लगायत ६ केजी एरियल उपहार रहेको छ । माइक्रोवेभ ओभनको खरिदमा क्यासब्याक लगायत कुकिङ किट उपहार पाउन सक्नुहुनेछ भने डिशवाशरमा क्यासब्याक लगायत डिशवाशर किट र एयर कन्डिशनरहरुमा क्यासब्याक लगायत निःशुल्क जडानको सुविधा लिन सक्नुहुनेछ ।

साथै शूल्य प्रतिशत ईएमआई सिजी लोयल्टी क्लब रिवार्ड, र पुरानो इलेक्ट्रोनिक्स् सामानसंग नयाँ सीजीको सामान साट्न सक्ने सुबिधा पनि रहेको छ । यो योजना यही चैत्र २१ देखि देशभर सिमित अवधिको लागि लागु गरिएको छ ।

प्रकाशित मिति: २२ चैत्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्