एमालेले राष्ट्रियसभा उपाध्यक्षमा विमला घिमिरेलाई उम्मेदवार बनाउने


 


काठमाडौँ, चैत २२ । नेकपा एमालेले राष्ट्रियसभाको उपाध्यक्षमा विमला घिमिरेलाई उठाउने भएको छ ।

उपाध्यक्षमा विमला घिमिरेलाई उम्मेदवार बनाउने निर्णय भएको राष्ट्रियसभा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले जानकारी दिए ।

गठबन्धनमा सहमति गरेर नै एमालेले उपाध्यक्षमा आफ्नो उम्मेदवार उठाउने निर्णय गरेको दाहालले बताए ।

चार दलीय गठबन्धनको बैठकले भने सुरुमा राष्ट्रियसभाको अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेले पाउने सहमति गरेको थियो ।

गठबन्धनमा नेकपा (एस) मिसिएपछि सो सहमतिलाई संशोधन गर्दै एमालेलाई उपाध्यक्ष दिने लाइन हटाइएको थियो । त्यसपछि उपाध्यक्ष नेकपा (एस)ले पाउने चर्चा चलेको थियो ।

प्रकाशित मिति: २२ चैत्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्