स्थिरताका लागि कांग्रेस र एमाले एक ठाउँमा उभिनुपर्छ : कोइराला


 


काठमाडौँ, चैत २२ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशमा स्थिरता कायम गर्न अब नेपाली कांग्रेस र नेकपा एमाले एक ठाउँमा उभिनुपर्ने बताएका छन् । बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

गठबन्धनको सरकारले देशको आर्थिक विकास हुने सम्भावना नरहेको जिकिर गर्दै उहाँले अब दुई ठूला दल नेपाली कांग्रेस र एमाले एक ठाउँमा उभिनुपर्नेबताए ।

विगतका अनुभव हेर्दा पनि नेपाली कांग्रेस र नेकपा एमाले मिलेपछि मात्रै संविधान बनेको भन्दै उनले देशलाई विकास गर्न नेकपा एमाले र कांग्रेस मिल्नुको विकल्प नरहेको बताए ।

यस्तै उनले अहिलेको अवस्थामा कोशी प्रदेश सरकार विघटन भए मध्यावदी चुनावमा जानुपर्ने बताएका छन् । उनले अहिलेको कोशी सरकार संविधानको धारा ५ बाट बनेको हो भन्ने हेक्का राख्नुपर्ने समेत बताए ।

प्रकाशित मिति: २२ चैत्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्